बैशाख २९, सोलुखुम्बु । सोलुखुम्बुको फाप्लुमा आँखाको मोतिविन्दु शल्यकृया शिविर सुरु भएको छ ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौँको समन्वयमा जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको आयोजनामा आज शुक्रबारबाट शल्यकृया शिविर सुरु भएको हो ।
शिविरको पहिलो दिन ३० जनाले आँखाको मोतिविन्दु शल्यकृया गराएको आँखा कार्यकर्ता दिनेश राईले जानकारी दिए । उनका अनुसार तिलगंगा आँखा प्रतिष्ठानकी वरिस्ठ नेत्र विशेषज्ञ डाक्टर रेनुका पराजुलीले शल्यक्रिया गरिरहेकी छन् ।
शल्यकृया शिविर भोली सम्म जारी रहने आयोजकले जनाएको छ । शुक्रबार ३३३ जनाले सामान्य सेवा लिएको बताइएको छ ।
शल्यकृया शिविर सुरु गर्नु बैशाख ३ गतेदेखि विभिन्न पालिका तथा वडामा मोतिविन्दु छनौट शिविर सञ्चालन गरेको थियो ।