सोलुखुम्बु । खोटाङको ऐसेलुखर्कबाट विरामी लिएर सोलुखुम्बु आउँदै गरेको बोलेरो दुर्घटना हँुदा ८ जना घाईते भएका छन् ।
आज आईतबार विहान ९ : ४० बजे विरामी लिए नेचासल्यानको तुईन्टार आउँदै गएको को.१च.९४९३ नम्बरको महेन्द्र पिकअप बोलेरो ऐसेलुखर्क गाउँपालिका ५ सानो डुम्रेमा दुर्घटना हुँदा चालक सहित ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरीक्षक रोमनराज अर्यालका अनुसार घाईते हुनेहरुमा ऐसेलुखर्क गाउँपालिका ५ की ५४ वर्षीय पदम माया राई, ३३ वर्षीय डोल कुमार राई,४६ वर्षीय जय कुमार राई, ४० वर्षीय नगेन्द्र राई, २८ वर्षीय प्रेम बहादुर सुवेदी, ५८ वर्षीय दिल कुमार राई, ऐसेलुखर्क १ का ४९ वर्षीय जय कुमार राई र चालक २४ वर्षीय रोजन राई रहेका छन् ।
जसमा गम्भीर घाईतेहरु पदम माया राई, डोल कुमार राई र जय कुमार राईलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ । अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ । तिब्र गतिमा गुडिरहेको बोलेरो सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
सम्बन्धित समाचार-