सोलुखुम्बु । फुजी हिमाल आरोहणको क्रममा निधन भएका सोलुखुम्बुका सर्की छिरिङ शेर्पाको शव जापानमा नै अन्तिम अन्तयेष्टि गरिने भएको छ ।
जापानको फुजी हिमाल आरोहणको क्रममा मार्च ३१ मा ज्यान गुमाएका सोलुखुम्बु नाम्चेका शेर्पाको अप्रिल १० तरिख (चैत्र २७) अन्त्येष्टि गर्ने पारिवारिक श्रोतले जानकारी दिएको छ । मार्च ३१ तरिक बिहान ३ बजेतिर शेर्पा सहितको टिममा एक अमेरिकी र दुई जापानी गरी ४ जना फुजी हिमाल तर्फबाट गएका थिए ।
हिमाल आरोहणको क्रममा सोही दिन दुर्घटनामा परि शेर्पाले ज्यान गएको जनाइएको छ । मृतक शेर्पाको शव भने प्रतिकुल मौसमको कारण अप्रिल ५ तारिख मात्रै घटनास्थलबाट टोकियो ल्याइ परिवारले शव जिम्मा लिएका थिए ।
शेर्पाको श्रीमती र २ जना छोरा रहेका छन । उनी करिब २ दशक अगाडिदेखि जापानमा बसोबास गर्दै आइरहेका थिए ।