spot_img

सोलुखुम्बुमा छैन् शव वाहन ! ट्याक्टरमा शव बोक्नुपर्ने बाध्यता

spot_img

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा शव वाहन गाडी नहुँदा समस्या भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित यस जिल्लामा एउटा पनि शव वाहन गाडी नहुँदा नागरिकलाई सास्ती भएको हो । शव वाहन नहुँदा विशेष गरी गाउँ/गाउँबाट जिल्ला सम्म पोष्टमार्टम गर्न ल्याउनुपर्ने शवहरु तथा संस्कार अनुसार गाउँघरमा लैजानुपर्ने शवहरुका लागि निक्कै समस्या हुने गरेको सोलुखुम्बु केरुङकी डोमा तामाङको भनाई छ ।

Advertisement

शव बोक्नकै लागि यहाँका नागरिक चर्को भाडा तिर्न बाध्य छन् तर सुबिधा न्यून छ, भनेको समयमा निजि गाडी पाईदैन । जसका कारण आत्महत्या गरेका तथा पोष्टमार्टम अनिवार्य भएका घटनामा शव ढुवानी नै पिडितका लागि ठुलो समस्याको रुपमा देखा पर्ने गरेको छ ।

Advertisement

जिल्लाभरका पालिका मिलेर शव बहान खरिद गर्न सकिए उत्तम हुने माप्यदुधकोशी गाउँपालिका उपाध्यक्ष गौरव राईले बताए । ‘हाम्रो पालिकामा पनि यो मेजर समस्याको रुपमा नै देखिएको छ, शव वाहनका लागि नागरिकहरुलाई धेरै सास्ती छ, यसमा सबै पालिका मिलेर एउटा शव वाहन खरिद गर्ने कुरामा हामी सहमत छौ, त्यो गर्न सकियो भने राम्रो हु्न्थ्यो ।’–उनले भने ।

Advertisement

जिल्लाको ग्रामिण क्षेत्रमा मृत्यु भएर पोष्ट मार्टम गर्नुपर्ने प्रकृतिको शवहरु जिल्ला अस्पतालमा नै ल्याउनुपर्ने बाध्यता छ । जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तहरूको मृत्यु हुँदा समेत निजी सवारी साधनले समेत सव बोक्न नमान्दा नागरिकलाई सास्ती हुने गरेको छ ।

शव वाहन व्यवस्थापनका लागि संघ र प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्ने सोलुखुम्बुका संघिय सांसद मानविर राईको भनाई छ । शव वाहन नहुँदा स्थानीयवासीले शवलाई डोको, बोरा र सडक पुगेको ठाउँमा ट्याक्टरमा शव बोक्ने गरेका छन् ।

जिल्लामा एउटा दमकल र आधा दर्जन भन्दा बढी एम्बुलेन्स सञ्चालनमा रहेपनि अहिलेसम्म कुनै संस्थाले शव वाहन खरिद गर्न सकेका छैनन् । जनताको सेवा गर्छु भनेर निर्वाचित भएका जनप्रतिनिधीले आफ्नो सेवासुविधाका लागि लाखौं खर्चेर गाडी खरिद गरेपनि नागरिकका लागि चाहिने शव वाहन खरिद गर्नमा भने कसैको ध्यान जान सकेको छैन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै