सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका क्षेत्रका ३०० जना भन्दा बढी विद्यार्थीलाई गैरसरकारी संस्था शेर्पा बालबालिका सहयोग संघले कापी र विद्यालय पोषाक वितरण गरेको छ ।
संघले सोलु क्यामको सहयोगमा नगर क्षेत्रका विभिन्न विद्यालयका ३१५ जना बालबालिकालाई सहयोग गरेको हो ।
संघका अध्यक्ष निमा शेर्पाका अनुसार संघले सेकार्सिङ आविका ८० जना र सिद्धार्थ आविका ३० जना विद्यार्थीलाई कापी वितरण गरिएको छ ।
सोही संस्थाले सिद्धकाली आविका १३० जना र बरबोट आवि तिङलाका ७५ जना विद्यार्थीलाई विद्यालय पोषाक वितरण गरिएको अध्यक्ष शेर्पाले बताए ।