सोलुखुम्बु । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त भट्टराईसहित आधा दर्जन व्यक्तिहरु राष्ट्रपतिबाट विभूषित हुने भएका छन् ।
जिल्लाका विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका ६ जनालाई नयाँ वर्षको अवसरमा वैशाख एक गते सरकारले राष्ट्रपति रामचन्द्र पौडेलबाट विभूुषित गर्न लागेको हो ।
विभूषित हुनेहरुमा प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराई, सोलुदुधकुण्ड नगरपालिका ७ का वडाध्यक्ष एवं समाजसेवी सोनाम ग्याल्जेन शेर्पा र गायक सोलुदुधकुण्ड नगरपालिका ११ का आनन्द कार्की रहेका छन् ।
यस्तै समाजसेवी सोताङ गाउँपालिका ५ का सूर्ज बहादुर बस्नेत, समाजसेवी खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ का ल्हाक्पा सोनाम शेर्पा र व्यवसायी सोलुदुधकुण्ड नगरपालिका ८ का आङ गेल्बु शेर्पा रहेको गृह मन्त्रालयले जनाएको छ ।
उनीहरुलाई संविधान दिवस तथा विभिन्न दिवसको अवसरमा गरिएको विभूषण वैशाख १ गते नयाँ वर्षको अवसरमा प्रदान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रलाई विभिन्न तवरबाट योगदान पु¥याउने व्यक्तिहरुलाई सरकारले विभुषित तथा पदवी प्रदान गर्दै आएको छ ।