सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा महिलाको जनसंख्या अत्याधिक घटेको छ । जिल्लामा १० वर्षको अवधिमा महिलाको जनसंख्या २५ सय ८२ ले गिरावट आएको हो ।
२०६८ सालको जनगणनामा ५४ हजार ७ सय ८६ रहेको महिलाको जनसंख्या २०७८ मा घटेर ५२ हजार १ सय ४ मा झरेको तथ्यांकमा उल्लेख छ । तर पुरुषको जनसंख्या भने १० वर्ष अघिको तुलनामा बृद्धि भएको छ ।
२०६८ मा ५१ हजार २ सय रहेको पुरुषको संख्या २०७८ मा आईपुग्दा बढेर ५२ हजार ७ सय ४७ पुगेको छ । उक्त तथ्यांकलाई हेर्दा १० वर्षमा पुरुषको जनसंख्या १५ सय ४७ ले बृद्धि भएको छ । तर महिलाको जनसंख्या भने २५ सय ८२ ले घटेको छ ।
२०६८ सालमा पुरुष भन्दा ३४ सय ८६ बढी रहेको महिलाको जनसंख्या २०७८ मा आईपुग्दा पुरुषको संख्या भन्दा ६४३ कम भएको छ । १० वर्ष अघि महिला ५४ हजार ६ सय ८६ र पुरुष ५१ हजार २ सय थियो भने २०७८ मा महिलाको संख्या घटेर ५१ हजार १०२ र पुरुषको संख्या बढेर ५२ हजार ७४७ पुगेको छ ।
समग्रमा जिल्लाकै कुल जनसंख्या घटेको देखिएपनि तथ्यांकलाई केलाउँदा महिलाको जनसंख्यामा आएको गिरावटको असर कुल जनसंख्यामा परेको देखिएको छ ।