सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा सिद्दिचरण नगरपालिका ११ ओखलढुंगाका ३७ वर्षीय लकिम राई रहेका छन् ।
टाउकोमा चोट लागेको घाइतेको राईको सोलु हेल्थ क्यरमा उपचार भइरहेको छ । उनले मादक पदार्थ सेवन गरेर सवारी चलाएको खुल्न आएको छ ।
प्रहरीका अनुसार आज मंगलवार विहान अन्दाजी १० बजे बसन्तबजारबाट आवाडाडा तर्फ जादै गरेको बा ५७ प ३०२ नम्बरको पल्सर १८० सिसिको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा राई घाईते भएका हुन् ।