शेर्पा संघ जापानका संस्थापक अध्यक्ष दोर्जी शेर्पा नेपाल आउँदैछन् ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीमा जन्मेका शेर्पा २१ बर्षपछि नेपाल आउन लागेका हुन् ।
उनी शनिबार दिउँसो ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुने र शेर्पाको स्वागतको तयारी गरिएको पर्यटन व्यवसायि फुर ल्हाक्पा शेर्पाले जानकारी दिए ।
सिभि फाउण्डेशनले विमानस्थलमा स्वागत र मण्डला पार्टी प्यालेसमा सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।
शेर्पाले जापानमा बसोबास गर्ने शेर्पाहरुलाई गोलबन्द गर्ने काम गरेका थिए भने भुकम्प र कोरोना कहरका समयमा राहत वितरणमा योगदान गरेका थिए ।