सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ स्थित हिमाल दर्शन माविमा ५० हजारको अक्षयकोष स्थापना गरिएको छ ।
शैक्षिक गुणस्तर बृद्धि तथा बालबालिकाको पठन सिपको विकास गर्ने उदेश्यले सोही विद्यालयकी पुर्व विद्यार्थी पुजा फुयालले आफ्नो जन्मदिनको अवसरमा ५० हजारको अक्षयकोष स्थापना गरेकी हुन् ।
अक्षयकोषबाट प्राप्त व्याजलाई कक्षा ६, ७ र ८ का गरिब तथा जेहेन्दार विद्यार्थीलाई रकम वितरण गरिने छ । पालिकाका विभिन्न स्थानमा रहेका विद्यालयमा पनि अक्षयकोष स्थापना गर्दै जाने फुयालले बताईन् ।
फुयाल सोही विद्यालयकी पुर्व विद्यार्थी तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत हुन् ।