spot_img

जिल्लाकै पहिलो बालमैत्री वडा घोषणाको सम्मुखमा गार्मा, अध्ययन भ्रमणमा वडाध्यक्षसहितको टोली

spot_img

सोलुखुम्बु, फागुन ८ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ गार्मा जिल्लाकै पहिलो बालमैत्री शासन युक्त स्थानीय तह बन्ने तयारीमा जुटेको छ। आगामी बैशाखमा हुन लागेको उक्त घोषणाको पुर्वतयारीमा वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको नेतृत्वमा एक टोली कोशी प्रदेशका बालमैत्री स्थानीय तहहरूको अवलोकन भ्रमणमा रहेको छ।

Advertisement

बाल अधिकार, शिक्षा, स्वास्थ्य, संरक्षण तथा समग्र बालमैत्री वातावरण विकासका लागि प्रभावकारी योजना बनाउन गार्मा वडा कार्यालयले पहल थालेको हो। सोही उद्देश्यले टोलीले कोशी प्रदेशकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त कमल गाउँपालिकाको अध्ययन भ्रमण गरेको छ।

Advertisement

कमल गाउँपालिकाका अध्यक्ष तथा बालमैत्री स्थानीय शासन समिति प्रमुखले सोलुदुधकुण्ड–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पासहितको टोलीलाई स्वागत गर्दै आफ्नो अनुभव बाँडेका थिए।

Advertisement

वडाध्यक्ष शेर्पाले भ्रमणपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भन्नुभएको छ, “श्रोत र बजेट अत्यन्तै कम भए पनि सही ढंगबाट सदुपयोग गर्दा प्रभावकारी नतिजा आउँछ भन्ने उदाहरण हल्दीबारी गाउँपालिकामा देख्न पाइयो।”

साथै उहाँले सफल नेतृत्वका लागि हल्दीबारी गाउँपालिकाका प्रमुख रविन्द्र प्रसाद लिङ्देनलाई बधाई ज्ञापन गर्दै धन्यवाद दिनुभएको छ।

सोलुदुधकुण्ड–७ लाई बालमैत्री वडा बनाउन पूर्वाधार सुधार, नीतिगत योजना र बाल अधिकार संरक्षणका कार्यक्रमलाई प्रभावकारी बनाइने वडा कार्यालयले जनाएको छ। वडा कार्यालय गार्माले बालमैत्री वडा घोषणाका लागि सबै सुचांकहरु पुरा गरिसकेको बताएको छ ।

आफुहरुले वडादेखी टोलटोलसम्म विद्यालयदेखि घरदैलोसम्मका लक्षित कार्यक्रमहरु पूरा भइसकेको वडा सदस्य भलाकाजी कार्कीले जानकारी दिनुभयो । यो पहलले सोलुखुम्बुमा बालमैत्री स्थानीय शासनको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।

1000021178 1
spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै