spot_img

सोलुदुधकुण्ड नगर प्रमुख शेर्पा जापान भ्रमणमा, समृद्धिको नयाँ दृष्टिकोणको खोजी

spot_img

सोलुखुम्बु, माघ ०९ । सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पा जापानको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेका छन् । स्थानीय तहको समृद्धि र विकाससँग सम्बन्धित कार्यक्रममा सहभागी हुन नगर प्रमुख शेर्पा मंगलबार जापानको टोकियो प्रस्थान गरेका हुन् ।

Advertisement

उनी अहिले जापानको राजधानी टोकियोमा छन् । कार्यवाहक नगरप्रमुख गान्धी माया तामाङका अनुसार एक हप्तासम्म चल्ने यो भ्रमण सोलुदुधकुण्ड नगरपालिकाको विकासमा ऐतिहासिक महत्वको हुने अपेक्षा गरिएको छ । “जापानको आधुनिक विकास मोडलको अध्ययन र त्यसलाई हाम्रो नगरपालिकामा लागू गर्न सकिने सम्भावना यस भ्रमणको मुख्य उद्देश्य हो ।” तामाङले भनिन् ।

Advertisement

“जापानको विकास मोडल र प्रविधि हाम्रो नगरपालिकाको समृद्धिमा कोशेढुंगा सावित हुनेछ । यहाँको अनुभवलाई स्थानीय तहको विकास योजनामा समाहित गर्न हामी प्रतिबद्ध छौं ।” नगर प्रमुख शेर्पाले भने । भ्रमणका क्रममा नगर प्रमुख शेर्पाले स्थानीय सरकार सञ्चालन, प्रविधिको प्रयोग र सामुदायिक सहभागितामा आधारित जापानी विकास मोडलबारे अध्ययन गर्ने छन् ।

Advertisement

यसले सोलुदुधकुण्ड नगरपालिकामा आर्थिक, सामाजिक र पर्यावरणीय दृष्टिले दिगो विकासको नयाँ सम्भावना सिर्जना गर्ने विश्वास गरिएको छ । यो भ्रमणले जापान र सोलुदुधकुण्डबीच साझेदारीको नयाँ अध्याय प्रारम्भ गर्ने मात्र नभइ स्थानीय तहमा अन्तर्राष्ट्रिय अनुभव र सिकाइको महत्त्वलाई पनि उजागर गर्ने विश्वास गरिएको छ ।

नगरवासीले पनि यस भ्रमणबाट ठोस परिणाम आउने आशा राखेका छन् । सोलुदुधकुण्ड नगरपालिकाका लागि यो भ्रमण नयाँ सम्भावनाहरूको ढोका खोल्ने एक महत्वपूर्ण पहलका रूपमा हेरिएको छ

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै