spot_img

पर्यटकीय जिल्ला सोलुखुम्बु सदरमुकाम सल्लेरीमै दलितमाथि छुवाछुत

spot_img

सोलखुम्बु, साउन २९ । पर्यटकीय जिल्ला सोलुखुम्बु सदरमुकाम सल्लेरीमा नै दलित समुदायमाथि जातीय विभेद भएको छ । सल्लेरीका ङवाङ शेर्पाले आफ्ना स्वर्गीय आमाको नाममा गरिएको पुजा कार्यक्रममा स्थानीय दलित समुदायलाई जातीय विभेद गरेको घटना बाहिरिएको हो ।

Advertisement

स्थानीय तथा पीडित कुमारी विश्वकर्माका अनुसार उक्त पुजा कार्यक्रममा आयोजकले गत शुक्रवार सल्लेरी ब्यारेकटोलका विश्वकर्मा समुदायलाई पनि अन्य समुदाय सरह निमन्त्रणा कार्ड पठाएका थिए । तर निम्तो पठाएको भोली पल्ट शनिवार ङवाङ शेर्पाकी श्रीमती जाङ्मु शेर्पाले दलित समुदायको घरमै पुगेर गुम्बामा दलितहरु आउन नहुने भएकाले नआउन उर्दि जारी गर्दै निमन्त्रणा कार्ड समेत फिर्ता गराएका थिए । सल्लेरी गुम्बामा गर्ने भनिएको उक्त कार्यक्रममा दलित समुदाय सहभागी हुँदा अछुतो हुने भन्दै शेर्पाले उर्दी जारी गरेको पीडितको आरोप छ ।

Advertisement

“अघिल्लो दिन हामी सबैलाई निमन्त्रणा कार्ड पठाएर पुजामा आउन आग्रह गरियो, तर भोली पल्ट बिहानै जाङ्मु दिदि आएर तपाईंहरु हाम्रो गुम्बामा आउन मिल्दैन भन्ने कुरा भयो, त्यसैले दलितहरु कोही पनि नआइदिनुहोला र कार्ड पनि मलाई फिर्ता दिनु भन्दै उहाँले कार्ड समेत फिर्ता लैजानुभयो, यो हामी माथि ठुलो विभेद भयो, दलित भएकै कारण पठाएको निम्तो समेत फिर्ता हुनु कहाँसम्मको अमानविय व्यवहार हो ? ।” स्थानीय सुब्बे विश्वकर्माले बताए ।

Advertisement

सो विषयमा आज मङ्लवार जिल्ला भरका दलित अधिकारकर्मी तथा दलितसँग सम्बन्धित संघ संस्थाहरुले जिल्ला प्रशासन कार्यालयमा ध्यानार्कषण–पत्र बुझाउदै घटनाको घोर निन्दा गरेका छन् । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री), प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) द्वारिका प्रसाद घिमिरे, सहायक प्रमु्ख जिल्ला अधिकारी रुपेश विश्वकर्मासहितको टोलीले आरोपित शेर्पा समेतलाई झिकाएर छलफल गराएका थिए ।

पीडक ङवाङ शेर्पा र जाङ्मु शेर्पाले कमजोरी भएको स्विकार गर्दै सार्वजनिक रुपमा माफी मागेका छन् । साथै आगामी दिनमा यस्ता कार्य नदोहो¥याउने र अन्य व्यक्तिहरुलाई समेत छुवाछुत नगर्न उनीहरुले आग्रह गरेका छन् । “हामीले ठुलो कम्जोरी गरेको महसुस भयो, हामी आउँदो दिनमा यस्ता कुनै पनि जातीय भेदभाव गर्दैनौ र अरु कसैले पनि यो खाल्को व्यवहार नगर्नुस्, मानिस सबै एउटै हो, हाम्रो बुद्धि पुगेन, हाम्रो व्यवहारले दलित समुदायको मनोभावनामा ठेस पुगेकोमा क्षमा चहान्छु ।” ङवाङ शेर्पाले भने ।

नेपालको संविधानले अपराध मानेको जातीय छुवाछुतलाई निरुत्साहित गर्न प्रशासन निर्मम ढंगले अघि बढ्ने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे(खत्री)ले बताउनुभयो । मुलुक विकसित भएपनि मानिसको सोच र चेतना विकास हुन नसक्नु दुःखद भएको प्रजिअ खत्रीले बताइन् । प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले कानुन भन्दा माथि कोही नभएकाले कानुन विपरितका कार्य गर्ने छुट कसैलाई नभएको बताए ।

प्रहरी कानुन कार्यन्वयन गराउन सहयोग गर्ने संगठन भएकाले कानुनलाई चुनौती दिने कार्य गर्ने जोकोही उम्किन नपाउने उनको भनाइ छ । नेपालको कानुनले जातीय छुवाछूतलाई अपराध मान्दै त्यस्ता कार्यमा संलग्न जो कोहीलाई कानुनी सजायको व्यवस्था गरेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै