सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका १० पिके पिक क्षेत्रको दुई वटा माने पुर्ननिर्माण गरिएको छ । भुकम्पका कारण भत्किएको सो क्षेत्रका १६ वटा माने पर्खालहरु मध्ये २ वटाको निर्माण कार्य आज मंगलबार सकिएको वडाध्यक्ष होम बहादुर मगरले जानकारी दिए ।
पिके सोलुखुम्बु टाप्टिङ सेवा समाजको अगुवाईमा भएको उक्त पुर्ननिर्माण कार्यमा करिब ९ लाख रुपैयाँ लागत अनुमान गरिएको समाजका महासचिव अम्बर तामाङले बताए ।
पर्यटकिय क्षेत्रमा क्षतिग्रस्त भएको बौद्ध धर्मवलम्बीहरुको माने पुर्ननिर्माणमा समाजले विभिन्न व्यक्तिहरुबाट सहयोग संकलन गरी काम गरिरहेको बताएको छ ।
बाँकी १४ वटा मानेको संरचनाहरु पनि केहि हप्तापछि निर्माण गरिने समाजले जनाएको छ ।