सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ गार्माले ८५ घरधुरी कृषकहरुलाई निशुल्क तरकारीको विरुवा वितरण गर्ने भएको छ ।
आज बुधबार वडाका कृषकहरुलाई तरकारी खेतीमा थप प्रोत्साहित गर्ने उदेश्यका साथ ९ हजार बोट काउली, जुकुनी र बन्दाको विरुवा वितरण गरिएको वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिए ।
गार्मा माविको प्राविधिक सहयोगमा उत्पादन गरिएको तरकारीको बेर्ना इच्छुक कृषकहरुलाई वितरण गरिएको वडाध्यक्ष शेर्पाले बताए । साथै चाडैँ क्याप्सीकन, गोलभेडा लगायतका तरकारीका विरुवा वितरण गरिने वडा कार्यालय गार्माले जनाएको छ ।
तरकारी खेतीबाट वडावासीको आर्थिक स्तर बृद्धि गराउने उदेश्यका साथ विरुवा वितरणलाई जोड दिइएको बताइएको छ ।