सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ३ प्लाम्दुकी ५० वर्षीया कुमारी राई करिब २ सातादेखि वेपत्ता बनेकी छन् । फागुन १३ गतेदेखि घरबाटै सम्पर्क विहिन बनेकी राई हाल सम्म सम्पर्कमा आउन नसकेको पारिवारिक श्रोतले जनाएको छ ।
निजका छोरा कल्याण राईका अनुसार फागुन १३ गते घर नजिकै बस्तु चराउन भनि नसस्किएका कुमारी सोही समयदेखि वेपत्ता बनेकी हुन् ।
गौगोरो वर्णकी ४.६ फिट उचाई भएकी राईले घरबाट हिड्दा गुन्यु र स्विटर लगाएकीे, कानमा बालबाडी तथा नाकमा फुलि लगाएको छोरा कल्याणले बताए ।
आमाको खोजीका लागि प्रहरी चौकीहरुमा समेत उजुरी दिएपनि फेला पार्न नसकिएको परिवारले बताएको छ ।