सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले तीन सदस्सीय अनुशासन समिति गठन गरेको छ ।
शनिबार बसेको नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला कार्य सम्पादन समितिको बैठकले कार्य सम्पादन समिति सदस्य गणेश बस्नेतको संयोजकत्वमा जिल्ला कार्य सम्पादन सदस्यद्वय दावा गेलु पाख्रिन (राजु) र नवक सिं राई सदस्य रहने गरि अनुशासन समिति गठन गरिएको जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाले जानकारी दिए ।
सभापति शेर्पाले जिम्मेवारी पाएका संयोजक र सदस्यलाई निष्पक्ष ढंगले जिम्मेवारी पुरा गर्न शुभकामना दिए ।