सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले नेले–तुम्से–काँगेलटार–वातिम–जबु–खनियाँखर्क–ऐेसेलुखर्क कालोपत्रे सडकको शिलान्यास गरेका छन् ।
शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष राईले प्रदेश सरकारको बजेटबाट निर्माण हुने उक्त सडकको शिलान्यास गरेका हुन् ।
प्रदेश सडक पुर्वाधार तथा शहरी विकास मन्त्रालय, यातायात पूर्वाधार विकास ओखलढुंगाको २६ करोड ६९ लाख ७० हजार ५६६ रुपैयाँको लागतमा कालोपत्रे सडक निर्माण गर्ने गरि मृत संजिवनी निर्माण सेवा प्रा.लि.ले टेण्डर प्राप्त गरेको छ ।
सम्झौता अनुसार २०८२ जेठ ४ भित्र कालोपत्रेको काम सकिनेछ ।
सडकको शिलान्यास गर्दै पालिका अध्यक्ष राईले गुणस्तरियता कायम राख्दै समयमानै निर्माण कार्य सम्पन्न गर्न ठेकेदार कम्पनिलाई निर्देशन दिएका हुन् । समृद्ध गाउँपालिका निर्माणको अभियानमा यो काम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्दै अबको केही दिनमा नेले–मुक्लि कालोपत्रे समेत शिलान्यास गरिने जानकारी दिए ।