सोलुखुम्बुको नेचासल्यान जोड्ने सडक जोखिमपूर्ण बनेको छ । लगातारका बर्षाका कारण महादेव भिर सडकखण्ड झनै जोखिमपूर्ण बनेको हो । भिरको सडकमा गरिएको सोलिङ उप्किएको छ भने मन्दिर भन्दा माथिल्लो सडकमा ठुल्ठुला गेग्रानले भरिएको छ । जसले गर्दा सवारी सन्चालनमा समस्या भएको चालकहरू बताएका छ्न ।