स्टार युथ क्लव सोलुखुम्बुको आयोजनामा सोलुखुम्बुमा पहिलो पटक जिल्ला स्तरीय अन्तरपालिका स्नुकर प्रतियोगिता हुने भएको छ ।
आगामी भदौ ११ देखि १४ सम्म सल्लेरीमा हुने फाईनल खेल हुने प्रतियोगीताका लागि आठै पालिकामा छनौट खेल संचालन गरिनेछ ।
साउन १४ र १५ मा सोलुदुधकुण्ड नगरपालिका, साउन १६ र १७ मा लिखुपिके गाउँपालिकामा, साउन १८ र १९ मा नेचासल्यान गाउँपालिका, साउन २१ र २२ मा थुलुङ दुधकोशी गाउँपालिका, साउन २४ र २५ मा सोताङ गाउँपालिकामा छनौट खेलको आयोजना गरिनेछ ।
त्यस्तै, साउन २७ र २८ मा महाकुलुङ गाउँपालिका, साउन ३० र ३१ म माप्य दुधकोशी गाउँपालिका र भदौ ३ र ४ मा खुम्बु पासाङ ल्हामू गाउँपालिकामा खेलाडी छनौट खेल आयोजना गरिने स्टार युथ क्लवका महासचिव सुन्दर तामाङ (विजय)ले जानकारी दिए ।
दर्ता शुल्क दुई हजार राखिएको प्रतियोगीतामा प्रथम हुनेले ५५ हजार ५५५ रुपैँयाको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । द्धितीय हुनेले ४४ हजार ४४४ रुपैँया प्राप्त गर्दा तृतीय हुने दुई जनाले ३३ हजार ३३३ रुपैँयाको दरले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
हाइस्कोर ल्याउने खेलाडीलाई ११ हजार १११ रुपैँयाको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।