सोलुखुम्बु – गीतकार सुवास संगम राईले लेखेको गीत सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको पालिका गानमा सदर भएको छ ।
केहि महिनाअघि गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेरै पालिका गान माग गरिएको थियो । १७ सृजनामध्ये सुवासको गीत सदर भएको हो । उक्त पालिका गान शनिबार मुक्लीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ ।
‘यो हो थुलुङ दुधकोशी गाउँपालिका’ बोलको पालिका गानमा मेलिना राई र कुमार प्रयासको स्वर रेकर्ड छ भने शान्तिराम राईले संगीत दिएका छन् । गीतकार र गायक दुवै थुलुङ दुधकोशी ९ लोखिमका कलाकार हुन् ।
आफ्नो गीत छनौट भएकोमा गीतकार राईले भने, ‘म एकदम खुसी छु । आफ्नो पालिका गानमा आफ्नो लेखन सदर हुँदा अत्यन्तै खुसी छु । एउटा इतिहास लेख्ने काममा प्रत्यक्ष सहभागी हुन पाएकोमा स्थानीय तहप्रति आभारी छु ।’
पलिका गानमा भूगोल, प्राकृतिक सम्पदा, धर्म, संस्कृति, पहिचान, स्थानीय संभावना र नेतृत्वको समेत बखान गरिएको पाइन्छ ।
पालिका गान शब्दमा